कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु

152

कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा स्थानीय चुनाव अभियान अन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले आ-आफ्नो प्रतिवेदन बुझाइसकेका छन् भने बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
पदाधिकारीहरुको धारणा राख्ने क्रम सकिए बैठक आजै सकिने सम्भावना रहेको सूचना अधिकारी रिजालको भनाई छ । बैठक सकिए पनि भोलि (मंगलबार) मात्रै निणर्य सार्वजनिक हुने छ ।
कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।