भुमिहिन सुकुम्बासी समस्याका सवालमा मंगलबार बुटवलमा सरोकारवालापक्षका विचमा संवाद भएको छ । राष्ट्रिय समस्याका रुपमा रहेको भुमिहिनहरुको विषयमा सरोकारवाला पक्षले सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।
लुम्बिनी प्रदेश स्तरिय संवाद समुहले बुटवलमा गरेको कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले भुमिहिनलाई सहज ढंगले व्यवस्थित गर्न सबै खालको सहकार्यका लागि प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले तिनै तहका सरकार, सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोग, राजनितिक दल लगायत अन्य सरोकारवाला पक्ष विच सहकार्य गरेर भुमिहिनलाई पुर्जा वितरण गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा प्रदेश सरकारका पुर्व मन्त्री तथा नेकपा एमालेका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले आयोगले आग्रह÷पुर्वाग्रह नराखि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले विगतका आयोगहरुले गरेको कामको समेत स्वमित्व लिएर समस्या समाधानको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद दिपा विकले विभिन्न स्थानमा फरक फरक खालका समस्याहरु रहेको भन्दै वस्तुनिष्ट भएर काम गर्न आयोगलाई आग्रह गर्नुभयो ।
कार्यक्रमा राष्ट्रिय भुमी आयोग रुपन्देहीका अध्यक्ष हरिवहादुर आचार्य क्षेत्रीले आफुहरु सरकारले नियुक्त गरेका प्रतिनिधि भएकोले तटस्थ र आग्रह पुर्वाग्रह विना काम गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले रुपन्देही जिल्लामा देवदह नगरपालिकाबाट जग्गा नापचांचको काम भैरहेको भन्दै सबै पालिकामा क्रमशः काम हुने बताउनु भयो ।
उहाँले भुमिहिनहरुको समसया समाधानमा लागि स्थानीय सरकार र प्रदेश सरकारवाट पनि सहयोग आवश्यक पर्ने बताउँदै कतिपय पालिकाहरुले सम्झौता गर्ने, लगायतका काममा आलटाल गरेको बताउनु भयो ।
कार्यक्रमा मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनाल, वार एशोसिएसन बुटवलका पुर्व अध्यक्ष महेन्द्र पाण्डे, उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, टे«ड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण वेल्वासे, लेखक तथा विश्लेषक मनिकर कार्की, आयोगका विज्ञ सदस्य द्वय यमलाल
तिवारी, निरमाया वोहोरा लगायतले सुझावहरु राखेका थिए । संवाद समुह लुम्बिनीका सहजकर्ता विक्रम खड्का र कपिलवस्तु सहजकर्ता तुल्सीराम यादवले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।