स्व. डायलशन अधिकारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार द्वय सञ्जु र प्रकाशलाई

133

स्व. डायलशन अधिकारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार द्वय सञ्जु र प्रकाशलाई

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रदान गर्ने ‘स्व. डायलशन अधिकारी स्मृति पत्रकारिता पुस्कार’ पत्रकार सञ्जु पौडेल र प्रकाश आचार्यलाई प्रदान गरिएको छ ।
स्वर्गीय पत्रकार डायलशन अधिकारीको स्मृतिमा तिलोत्तमा नगरपालिकाले प्रत्येक वर्ष वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कार यो वर्ष कान्तिपुरमा कार्यरत पत्रकार पौडेल र मेचिकालीमा कार्यरत पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको हो । दुवै जना पत्रकारलाई प्रशंसापत्र सहित जनही २५ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो ।
२ वर्ष अगाडि तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको प्रचारको क्रममा पूर्वजाँदा पत्रकार अधिकारीको दुर्घटनामा परि मृत्यु भएको थियो । त्यसपछि नगरपालिकाले उक्त पुरस्कार स्थापना गरेको हो ।