दैलेखका विपन्न परिवारलाई लायन्स ईञ्जिनियर्सको खाद्यान्न सहयोग

1.3K

दैलेखका विपन्न परिवारलाई लायन्स ईञ्जिनियर्सको खाद्यान्न सहयोग

लायन्स क्लव अफ लुम्बिनी ईञ्जिनियर्सले दैलेखका अति विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । क्लवले दैलेखको आठविस नगरपालिका वडा नं. १ सातलाका अति विपन्न १३ परिवारलाई खाद्यान्न प्रदान गरेको हो । ती अति विपन्न १३ परिवारमा ८० सदस्य छन् ।
क्लवको हङ्गर रिलिफ कार्यक्रम अन्तरगत त्यो ठाउँमा पुगेर प्रतिपरिवार एक क्वीन्टल चामल, १० किलो दाल, ५ किलो नुन प्रदान गरिएको क्लवका अध्यक्ष यादव नेपालले जानकारी गराउनु भयो । क्लवका डाईरेक्टर महेश्वर लम्सालको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष, सचिव तथा राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थितीमा उक्त खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न वितरणेको लागि क्लवका अध्यक्ष यादव नेपाल, प्रथम उपाध्यक्ष अमित खनाल, द्वितीय उपाध्यक्ष अर्जुन गिरी, कार्यक्रम संयोजक महेश्वर लम्साल, सदस्य सन्दिप रेग्मी लगायतको टोली दैलेख पुगेको थियो । खाद्यान्न वितरण कार्यक्रममा सहयोग गर्ने लायन्स डिष्ट्रिक डिपार्टमेन्ट चिफ कुसुमराज ज्ञवाली, जोन चियरपर्सन गुणाखर भण्डारी, रामप्रसाद पौडेल, रिजनल चियरपर्सन विनित भट्टराई प्रति क्लवका अध्यक्ष नेपालले आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको छ ।