जबरजस्ती करणीको अभियोगमा पाल्पामा एक जना पक्राउ

1.3K

जबरजस्ती करणीको अभियोगमा पाल्पामा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका-१ कचलका ४८ वर्षीय कोशल बहादुर हिस्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
उनले गत मंगलवार राति १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र बिहीवार उजुरी परे लगत्तै दोभान चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डीएसपी त्वातीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।