एम्नेष्टी ईन्टरनेशनल नेपालकाे अध्यक्षमा विपिन बुढाथाेकी विजयी

1.3K

एम्नेष्टी ईन्टरनेशनल नेपालकाे अध्यक्षमा विपिन बुढाथाेकी विजयी

एम्नेष्टी ईन्टरनेशनल नेपालकाे अध्यक्षमा विपिन बुढाथाेकी विजयी हुनुभएकाे छ । काभ्रेपलान्चाेक-धुलिखेलमा सम्पन्न तीसाैं साधारण सभा एवम् परिषद बैठकबाट ४२ मत अन्तर सहित एम्नेष्टी इन्टरनेशनल नेपालकाे अध्यक्षमा बुढाथाेकी विजयी हुनुभएकाे हाे ।
अध्यक्षमा निर्वाचित बुढाथाेकीले १३९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महेशकुमार पाैडेलले ९७ मत प्राप्त गर्नु भएकाे थियाे । त्यस्तै अध्यक्षमा अर्का प्रतिस्पर्धी यशाेदाकुमारी उपाध्यायले ८ र मुकुन्द ढंगानाले ३ मत प्राप्त गरेकाे निर्वाचन समितिका संयाेजक लक्ष्मी निराैराले जानकारी गराउनु भयाे ।
७७ समूह, ४९ युथनेटवर्क र २ ईन्डभिजुअलबाट २५४ मतदाता मध्ये १५१ जनाले मतदान गरेका थिए ।
त्यस्तैगरी काेषाध्यक्ष पदमा ११८ मत सहित राेशन वजगाई विजयी हुनुभएकाे छ । काेषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका हिरा भगतले ८२ र रुपक महर्जनले ४७ मत प्राप्त गर्नुभएकाे छ ।
चार खुला सदस्य पदमा केशव पाेखरेल (११६), देवेन्द्रकुमार सेजुवाल (११३), निखिल पाेखरेल (११८) र हाेमबहादुर अधिकारी (१२४) मत सहित विजयी हुनु भएकाे छ । खुला सदस्य पदमा १३ जनाकाे प्रतिस्पर्धा थियाे । त्यस्तै तीन महिला सदस्य पदमा मञ्जु विश्वकर्मा (१४१), विमला वाग्ले (११०) र  सञ्चिता कुईकेल थापा (१४२) मत सहित विजयी हुनुभएकाे छ ।
एक युवा महिला सदस्य पदमा १४६ मत सहित गरिमा पाण्डेय र एक युवा खुला सदस्य पदमा ९० मत सहित बरुण कुईकेल विजयी हुनुभएकाे छ ।
पुनरावेदन समितिकाे संयाेजकमा १ मतले जीवनकुमार फुयाल विजयी हुनुभएकाे छ । फयाले१२२ प्राप्त गरि विजयी हुनुभएकाे हाे । अर्का प्रतिस्पर्धी हेमराज भट्टले १२१ मत प्राप्त गर्नुभएकाे छ । पुनरावेदन समितिकाे खुला एक सदस्य पदमा १४६ मत सहित लाेकेन्द्र सिंह विजयी हुनुभएकाे छ । पुनरावेदन समितिका एक महिला सदस्य पदमा भने लक्ष्मी रेग्मी निर्विराेध निर्वाचित हुनुभएकाे हाे ।