बुटवल अटोभिलेजमा रक्तदान

1.3K

बुटवल अटोभिलेजमा रक्तदान

बुटवल अटो इन्जिनिएरिङ एसोसिएसनले बुटवल अटो भिलेज मैनाबगरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा रगतको कमी नहोस र रक्तदान जीवन दान भन्ने मुल नारालाई केन्द्रीत गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ११७ युनिट रगत संकलन भएको संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण प्रसाद न्यौेपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतमले यस्ता सामाजिक कार्यले मानिसको जिवन बचाउन महत्व पूणर् भुमिका खेल्ने बताउनुभयो । यसैगरि बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले संस्थाले गतवर्ष कोरोना संक्रमणको समयमा रुपन्देही जिल्लामै सबै भन्दा बढी रगत संकलन गर्न सफल भएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
७ औं पटक आयोजना गरिएको यस कार्यक्रमसँगै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने संयोजक न्यौेपानेले बताउनुभयो । एशोसिएसनले हरेक वर्ष बृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ज्योति भण्डारी, प्रेस सल्लाहकार दामोदर खनाल, महासचिव ध्रुवराज भुषाल लगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।