प्रधानमन्त्रीद्वारा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

1.3K

प्रधानमन्त्रीद्वारा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध खोप अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले भोली (चैत २५ गते) देखि सुरु हुने उक्त खोप अभियानको रानीपोखरीस्थित दरबार हाइस्कुलमा स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको हो ।
यो अभियान आगामी वैशाख २५ गतेसम्म देशैभरमा चलाउने तगारी छ । यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ । लुम्बिनी प्रदेशका रुपन्देही जिल्लामा यो अभियान चैत २२ गतेदखि नै सञ्चालन भइरहेको छ ।