स्थानीय चुनावमा गठबन्धनको भागवण्डा : गुल्मीका ८ पालिका काँग्रेस र ४ माओवादीलाई

1.3K

स्थानीय चुनावमा गठबन्धनको भागवण्डा : गुल्मीका ८ पालिका काँग्रेस र ४ माओवादीलाई

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा सत्तारुढ गठबन्धनका दलहरुले पालिकामा भागवण्डा गरेका छन् ।
गुल्मीका १२ स्थानीय तहमध्ये ८ वटा पालिकामा काँग्रेसले नेतृत्व गर्नेगरी गठबन्धनले भागवण्डा टुङ्ग्याएको हो । बाँकी ४ स्थानीय तह (पालिका)मा माओवादी नेतृत्व गर्नेगरी भागवण्डा गरिएको नेताहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार गुल्मीका १२ पालिका मध्ये ८ वटा काँग्रेस र बाँकी ४ वटा पालिका माओवादी केन्द्रले लिने सहमति भएको हो । त्यस्तै नेकपा एकिकृत समाजवादीका बलियो उपस्थिती भएको पालिकामा काँग्रेसले उसलाई एउटा पालिका दिने सहमति भएको छ ।
दुई नगरपालिका सहित १२ स्थानीय तह रहेको गुल्मीमा नेकपा एकिकृत समाजवादीलाई सम्मानजनक स्थान दिने सहमति भएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनु भयो । त्यस्तै गठबन्धनमा आवद्ध दलहरु जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई कार्यपालिकामा लैजाने सहमति भएको छ ।