नवनियुक्त कानुनमन्त्री शर्माद्वारा शपथ ग्रहण

1.3K

नवनियुक्त कानुनमन्त्री शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद शर्मालाई आज बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको थियो । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट हुनुहुन्छ ।