रुपन्देही जिल्लामा ९० मतदान केन्द्र थपिएका छन् । २०७४ सालको निर्वाचनमा ६१० मतदान केन्द्र रहेको रुपन्देहीमा अहिले ९० थपिएर ७०० पुगेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
मतदान स्थल भने थपिएको छैन । २०७४ सालको निर्वाचनमा २०८ मतदान स्थल थिए । अहिले पनि मतदान स्थल सोही कायम रहने छन् । एक हजार मतदाताको लागि एक मतदान केन्द्र हुनेछ । रुपन्देही जिल्लामा अहिले थपिएका एक लाख बढी मतदाता सहित ६ लाख ३२ हजार ३६० मतदाता रहेका छन् ।