शहिद लखन थापाकाे शालिक अगाडि एमाले अध्यक्ष ओलीकाे पुत्ला दहन

116

शहिद लखन थापाकाे शालिक अगाडि एमाले अध्यक्ष ओलीकाे पुत्ला दहन

बुटवलमा शहिद लखन थापाकाे शालिक अगाडि एमाले अध्यक्ष केपि शर्मा ओलीकाे पुत्ला दहन गरिएकाे छ । शहिद लखन थापा नेपालका प्रथम शहिद नभएकाे भन्दै दिएकाे अभिव्यक्तिकाे विराेधमा बुटवलकाे राजमार्ग चाैराहामा रहेकाे लखन थापाकाे शालिक अगाडि मगर समुदायले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीकाे पुत्ला दहन गरेकाे हाे ।
सरकारले २०७२ सालमा लखन थापालाई नेपालकाे प्रथम शहिद घाेषणा गरेकाे थियाे । ओलीकाे उक्त अभिव्यक्तिले शहिदकाे अपमान भएकाे र मगर समुदायप्रति आच पुर्याएकाे भन्दै विराेध गर्दै आएका थिए ।