हङकङ जाने यात्रुलाई पीसीआर रिर्पोट अनिवार्य

72

हङकङ जाने यात्रुलाई पीसीआर रिर्पोट अनिवार्य

अबदेखि काठमाडौंबाट हङकङ जाने सबै यात्रुले ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।
परीक्षणका लागि आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । परीक्षणको रिर्पोट सोमबार ३ बजेसम्म वितरण हुनेछ । पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावबाट पाउने व्यक्तिगत लेटर साथमा लिएर मात्र यात्रुले यात्रा गर्न पाउने छन् ।