स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुँदै

1.3K

स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुँदै

स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुँदैछ । राजनीतिक दल र अन्य सरोकारवालाई पालना गर्ने लिखित प्रतिवद्धता गराएपछि निर्वाचन आयोगले आजरातिबाट आचारसंहिता जारी गर्न लागेको हो ।
आचारसंहिता लागु भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्न पाईने छैन । कुनै नयाँ योजनाको सिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिन समेत नपाइने आयोगले जनाएको छ । त्यस्तै, आयोगको अनुमति विना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जान समेत नपाउने आचारसंहितामा उल्लेख गरिएको छ ।
त्यसैगरी सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्नुपरेमा स्थानीय प्रशासनको अनुमति नलिई गर्न नपाइने र कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान छ ।