पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ६० रहेको छ ।