जेठ १ देखि लाइसेन्सको आवेदन खुलाउने तयारी : पास हुनेबित्तिकै लाइसेन्स

97

जेठ १ देखि लाइसेन्सको आवेदन खुलाउने तयारी : पास हुनेबित्तिकै लाइसेन्स

यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि नयाँ आवेदन खुलाउने तयारी गरेको छ । जेठ १ गतेदेखि आवेदन दिएको १५ दिनमा परीक्षा र पास भएर राजश्व तिरे लगत्तै चालक अनुमती पत्र पाउने गरी विभागले तयारी थालेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार चालक अनुमति पत्र पाउने कामलाई व्यवस्थित गर्ने काम भईरहेको र जेठ १ गतेबाट सहजिकरण गरिने छ । म्याद सकिएकाको हकमा भने १ महिना भित्र नविकरण गर्न सकिने गरि व्यवस्था गरिएको उहाँको भनाई छ ।
विभागमा यसअघि लाइसेन्सका लागी आवेदन दिएकाहरुले दुई वर्ष सम्म पालो कुर्नुपर्ने अवस्था थियो । यसअघि थाती रहेको लाइसेन्स छपाई कार्य पनि अन्तिम चरणमा पुगेको महानिर्देशक घिमिरेको भनाई छ ।