थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त

1.3K

थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ७४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधीमा थप ४८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।