प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे युनियनमा प्रवेश

1.3K

प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे युनियनमा प्रवेश

प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियनमा प्रवेश गर्नुभएको छ । मंगलबार पाल्पाको तानसेनमा आयोजना गरिएको कार्यक्रममा घिमिरेले चौतारी परित्याग गरि प्रेस युनियनमा प्रवेश गर्नुभएको हो ।
उहाँलाई लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बीरबहादुर राना, नेपाली काँग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपसभापति दीपक आचार्य युनियन पाल्पाका सभापति भरत शर्माले घिमिरेलाई युनियनमा प्रवेश गराउनु भएको हो ।
त्यस अवसरमा घिमिरेले आफू युनियनमा नजिक रहेको र अव प्रतिवद्ध भएर युनियनमा लाग्ने बताउनु भयो । त्यसविचमा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपसभापति दीपक आचार्य सहितको चितवनको टोलीलाई युनियन पाल्पाले स्वागत गरेको थियो ।