कस्मेटिक वस्तुगत समितिमा नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन

199

कस्मेटिक वस्तुगत समितिमा नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन

बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमा नयाँवर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
बुधबार बुटवल उद्योग वणिज्य संघको सभाहलमा उक्त कार्यक्रम गरिएको हो । त्यसै अवसरमा कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तपात्रो (क्यालेण्डर) समेत विमोचन गरिएको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले अहिले मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा समस्या उत्पन्न भएको बताउँदै समस्या समाधानमा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो ।
कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका सभापति अलिम दिनको अध्यक्षतामा भएको कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका संयोजक जमान खान, सदस्य जनक श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम बस्तुगत समितिका सचिव सन्तोष नेपालको सञ्चालनमा भएको थियो ।