विक्रम सम्वत् २०७९ शुरु : नेपाल तथा विदेशमा पनि हर्षोल्लासका साथ शुभकामना आदान–प्रदान

160

विक्रम सम्वत् २०७९ शुरु : नेपाल तथा विदेशमा पनि हर्षोल्लासका साथ शुभकामना आदान–प्रदान

विक्रम सम्वत् २०७९ शुरु भएको छ । आज २०७९ सालको पहिलो दिन, अर्थात बैशाख १ गते । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने दिनलाई मेष सक्रान्ति अर्थात बैशाख सक्रान्ति भनिन्छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो ।
नयाँ वर्षको पहिलो दिन आज नेपाल र विदेशमा समेत नेपालीहरुले हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गरि मनाईरहेका छन् । आज नयाँ कामको थालनी गर्ने र ती सफालता प्राप्ती तथा योजना निर्माणमा संकल्प गर्ने परम्परा समेत छ ।
भनिन्छ मानिसको जीवनमा बिहानीले दिनको संकत गरिरहेको हुन्छ । नयाँ वर्षको पहिलो दिन राम्रोसंग सुरुवात भए वर्षभरी सफलता मिल्ने विश्वास पनि छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा परम्परागत रुपमा सार्वजनिक बिदा दिईएको छ । यस अवसरमा हाम्रो तर्फबाट पनि सबैलाई शुभकामना ।