रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले वडा अध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा १७ वटै वडा समितिले सर्वसम्मत निर्णय गरि उम्मेद्वारको नाम नगर समितिमा सिफारिस गरिसकेका छन् । वडा अध्यक्षको नाम सिफारिस गरेपनि वडा सदस्यहरुको भने उम्मेदवार टुङ्गिएको छैन ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सहित सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेतको चुनावी तालमेल भएकाले वडा सदस्यको उम्मेदवार पछि टुङ्ग्याउने गरी वडा अध्यक्षको उम्मेदवार मात्रै नगर समितिमा सिफारिस गरिएको हो ।
जस अनुसार तिलोत्तमा नगरपालिका वडा नं. १ मा जवानसिंह ठकुरी, २ मा दिलबहादुर भट्टराई, ३ मा कल्याण पौडेल, ४ मा गोविन्द भुसाल र वडा नं. ५ मा रमेश डुम्रेलाई वडा अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तैगरी वडा नं. ६ मा गणेश पाठक, वडा नं. ७ मा दिनमणी पंगेनी, ८ मा केशव अर्याल, वडा नं. ९ मा ध्रुव न्यौपाने, १० मा मानबहादुर गुरुङ र वडा नं. ११ मा तेजबहादुर कुवँरलाई सिफारिस गरिएको छ ।
त्यस्तै वडा अध्यक्षको लागि वडा नं. १२ मा छविलाल खरेल, वडा नं. १३ मा नारायण ढकाल, १४ मा अस्विन पौडेल, १५ मा शेरबहादुर थापा, १६ मा झवी भुसाल र वडा नं. १७ मा दानबहादुर चौधरीको नाम सिफारिस गरिएको हो ।