रुपन्देही क्षेत्र नं. २(क)को कोषाध्यक्षमा लेखबहादुर कार्की

189

रुपन्देही क्षेत्र नं. २(क)को कोषाध्यक्षमा लेखबहादुर कार्की

नेपाली काँग्रेसले रुपन्देही क्षेत्र नं. २(क)को कोषाध्यक्षमा लेखबहादुर कार्कीलाई मनोनित गरिएको छ । शनिबार बसेको कार्यसमितिको पूर्ण बैठकले कार्कीलाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीले सञ्चालन गरेको ‘घर घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको समेत समिक्षा गरिएको छ । रुपन्देही क्षेत्र नं. २(क)का सभापति खड्गबहादुर महतको सभापतित्वमा भएको बैठकमा वडावडामा खटिएका प्रतिनीधिहरुले आफ्नो प्रतिवेदन समेत बुझाएका छन् । उक्त प्रतिवेदन उपर भएको छलफलले आसन्न निर्वाचनमा काँग्रेसको अवस्था राम्रो देखिएको र काँग्रेसका उम्मेदवारलाई जिताउनको लागि ल्याकिङ क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरिएको सचिव बालकृष्ण अर्यालले जानकारी गराउनु भयो ।
क्षेत्र नं. २ (क)ले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिकाको वडा नं. ७ मा खिमानन्द भट्टराई, ९ मा खगेश्वर पुन, १० मा राममायाँ पौडेल र वडा नं. ११ मा शरद भट्टराईलाई प्रतिनीधिको रुपमा खटाएको थियो । त्यस्तै तिलोत्तमा नगरपालिकाको वडा नं. १ मा हरिषचन्द्र गौतम, २ मा नेत्रप्रसाद भट्टराई, ३ मा विष्णु थापा क्षेत्री, ४ मा सुरज क्षेत्री, ५ मा लेखबहादुर कार्की र वडा नं. ६ मा विष्णुमायाँ चिदीलाई प्रतिनीधिको रुपमा खटाएको थियो । पार्टीले खटाएका प्रतिनीधिहरुले आफ्नो वडामा खटिएर त्यहाँ पार्टीको अवस्था, समस्या र त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ लगायतका विषयलाई समेटेर प्रतिवेदन बुझाएको सचिव अर्यालले बताउनु भयो ।