सम्पदा संरक्षणमा एनएमबि बैंक : ऐतिहासिक जीतगढी किल्लामा हेरिटेज वाक

183

सम्पदा संरक्षणमा एनएमबि बैंक : ऐतिहासिक जीतगढी किल्लामा हेरिटेज वाक

एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२२ कार्यक्रम गरेको छ । बिश्व सम्पदा दिवस –२०२२ को अवसरमा एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुमा काम गर्ने कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम गरिएको हो ।
करिब १५० जना कर्मचारीको सहभागिता रहेको कार्यक्रममा सहभागीले सम्पदा संरक्षण गरौ, सम्पदा जोगाऔ, लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बुटवलको ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट शुरु गरिएको पदयात्रा राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक हुँदै पुरानो बुटवल (बटौली) र ऐतिहासिक किल्ला जितगढीमा पुगेर समापन गरिएको थियो ।
हेरिटेज वाक समापन गर्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाई महत्व दिदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक जितगढी किल्लामा मौलिक बाजागाजाको साथमा पदयात्रा गरिएको बताउनु भयो ।
कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम (तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रवन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।
एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको छ ।