अडिटर्स एशोसियशनमा नयां नेतृत्व चयन

203

अडिटर्स एशोसियशनमा नयां नेतृत्व चयन

नेपाल अडटिर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयां नेतृत्व चयन भएको छ । नेपाल अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशबाट निर्बिरोध रुपमा रामप्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा कौशलकुमार कर्ण, सचिवमा कृष्णप्रसाद न्यौपाने, सहसचिवमा अरुणकुमार कर्ण, कोषाध्यक्षमा विष्णु बस्याल चयन हुनु भएको छ । निर्वाचन समितिका अनुसार संस्थाको सदस्यहरुमा मुकुन्दहरी ज्ञवाली, मधुप्रसाद खनाल, रामप्रसाद पाण्डे, लेखनाथ वस्याल, विष्णुप्रसाद पौडेल, दीपक न्यौपाने, लुम्वराज ज्ञवाली र चेतप्रसाद वस्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा वोल्दै अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक संकट आउन नदिन अडिटरहरु थप जिम्मेबार भएर काम गर्नुपर्नेमा जोड दिनु भयो । कर छली हुनबाट रोक्न अडिटरहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले राज्यलाई आर्थिक संकटमा फस्न नदिन थप चनाखो भएर काम गर्नु पर्ने बताउनु भयो ।
नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा अडानका केन्द्रीय सचिव द्वय शंकर ज्ञवाली, साबित्रा शर्मा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, आइक्यान बुटवलका संयोजक शिवहरी शर्मा, काशीराम पोखरेल, रामप्रसाद पौडेल लगायतले भनाई राख्नुभएको थियो ।