कपडा व्यवसायी बस्तुगत समितिमा नयाँ वर्षकाे शुभकामना आदान-प्रदान

129

कपडा व्यवसायी बस्तुगत समितिमा नयाँ वर्षकाे शुभकामना आदान-प्रदान

बुटवल उद्याेग वाणिज्य संघ अन्तरगत गठित कपडा व्यवसायी बस्तुगत समितिले नव वर्षकाे अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ । साथै २०७९ सालकाे लागि प्रकाशन गरिएकाे भित्तेपात्राे विमाेचन गरिएकाे छ ।
शाेमबार संघकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरि नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे विमाेचन गरिएकाे हाे । त्यसै अवसरमा सरकारले विभूषित गरेका संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, पूर्वअध्यक्ष तथा सल्लाहका अर्जुनमान सैंजु र वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मालाई सम्मान गरिएकाे थियाे । त्यस्तै कपडा व्यवसायी बस्तुगत समितिका पूर्व सभापति पुराना व्यवसायी कर्णकुमार ह्याेजूलाई र क्यालेण्डर प्रकाशन समितिका संयाेजकलाई प्रशंसापत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै बुटवल उद्याेग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेषठले व्यवसायिक हकहितसंगै यस क्षेत्रकाे आर्थिक तथा सामाजिक विकासमा संघले गरेकाे याेगदानमा कपडा बस्तुगत समितिकाे पनि उत्तिकै साथ र सहयाेग रहेकाे स्मरण गर्नुभयाे ।
कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुकेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकाैल, कार्यसमिति सदस्य तथा कपडा समितिका समन्वय कर्ता प्रकाशकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
बस्तुगत समितिका पुर्वअध्यक्ष तथा संघका कार्यसमिति सदस्य त्रिबिक्रम श्रेष्ठकाे धन्यवाद तथा काेषाध्यक्ष सम्झना ह्याेजूकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे ।