बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले नगरसभापति खेलराज पाण्डेलाई अगाडि सारेको छ । सोमबार बसेको बुटवलको नगर समिति बैठकले बुटवलको मेयरमा एकजना मात्रै पाण्डे र उपमेयरमा आठ जनाको नाम सिफारिस गरेको छ ।
नगरसमितिका सचिव छायाँ पोखरेलका अनुसार उपमेयरमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम रिफारिस गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका १९ वटै वडाका सभापति सहितको बैठकले गरेको निर्णय पार्टीको जिल्ला समितिलाई बुझाईसकेको छ ।