काँग्रेस बुटवल नगरसमितिको निर्णयमा नेताहरुको असन्तुष्टी : सिफारिस बदर गर्न माग

1.5K

काँग्रेस बुटवल नगरसमितिको निर्णयमा नेताहरुको असन्तुष्टी : सिफारिस बदर गर्न माग

नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको शिफारिसलाई लिएर कांग्रेसमा तिव्र असन्तुष्टी देखापरेको छ । कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा शिफारीस गर्ने निर्णय गरेको वताएको थियो । त्यस्तै उपमेयरमा ८ जनाको नाम शिफारिस गरेको थियो ।
आज गरेको उक्त शिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरुले एक वक्तव्य जारी गर्दै नगरसमितिले गरेको शिफारिस वदर गर्न लुम्विनी प्रदेश समितिसमक्ष माग गरेका छन ।
’घरघरमा माईन्युट डुलाएर सर्वसम्मत शिफारिसमा हस्ताक्षर गराएको कुरा आएको त्यो हामीलाई मान्य छैन । ’कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले वताए । यो निर्णयको विरुद्ध उनीहरुले प्रदेस समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत वुझाएका छन ।
उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरु क्रमशःपर्शुराम ढकाल र खड्क वहादुर महत लगाएत महेशमान सिंह, जनक कोईराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नप्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जीतबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोगबहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका एक नेता जनक कोईरालाले वताउनु भयो ।