सत्ता गठबन्धनमा सहभागि दलहरुमा आसन्न स्थानीय तहको निर्वाचनमा महानगर भागवण्डामा सहमति जुटेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको आज मंगलबार बसेको बैठकमा उक्त सहमति जुटेको हो ।
सहमतिअनुसार ६ मध्ये तीन महानगरको नेतृत्व काँग्रेसले लिनेछ । बाँकी तीन महानगरमा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिनेछन् । नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व गर्नेछ भने भरतपुरमा माओवादी केन्द्र, पोखरामा नेकपा एकिकृत समाजवादी र विरगञ्जमा जनता समाजवादी पार्टीले नेतृत्व गर्नेछन् । सहमतिको खाका भने तयार भईसकेको छैन । सहमतिको खाँका आजै साँझसम्ममा तयार हुने बताइएको छ ।