बुटवल जेसीजद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

1.3K

बुटवल जेसीजद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

बुटवल जेसीजले विद्यार्थीलाई लक्षित गरेर ट्राफिक सचेतना कार्यक्रम गरेको छ । ‘बिईङ एन एक्टिभ सिटिजन फ्लो ट्राफिक रुल्स’ स्लोगन सहित देशभर सञ्चालन हुन लागेको ट्राफिक सचेतना कार्यक्रम बुटवल जेसीजले बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यर्थीका माझ गरेको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पका प्रमुख विष्णुप्रसाद रानाले ट्राफिक नियमको बारेमा विद्यार्थीलाई गरिने प्रशिक्षण प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्य क्याम्पस र विद्यालयहरुमा पनि सम्भव भएसम्म यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारीमुलक प्रशिक्षण गर्नुभएको थियो ।
बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुसालले ट्राफिक चाप बढीरहेको सन्दर्भमा सवारी साधनको नयाँ प्रयोगकर्तालाई लक्षित गरेर विद्यार्थीको लागि कार्यक्रम छनौट गरिएको बताउनु भयो । कार्यक्रममा क्याम्पसकी अतिरिक्त कृयाकलाप समितिकी संयोजक रीता रेग्मी, बुटवल जेसीजका निवर्तमान अध्यक्ष गोपालप्रसाद चापागाई, कार्यक्रम संयोजक शशिराज वेलवासे लगायतले भनाई राख्नुभएको थियो । क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु सहभागि भएको कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव मोहन न्यौपानेले गर्नुभएको थियो ।