गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले नेता महेन्द्र भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ । नेपाली काँग्रेस गाउँपालिकाको बैठकले पार्टीका महाधिवेशन प्रतिनीधि तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष भण्डारीलाई गाउँपालिकाको अध्यक्षमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरिएको गाउँपालिका सभापति हरिबहादुर थापाले जानकारी गराउनु भयो ।
नेता भण्डारीले आफ्नो पार्टीमा मात्रै नभएर अन्य दलमा पनि लोकप्रिय नेताको छवी बनाउनु भएको छ ।