राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका केही पालिकामा प्रमुखको उम्मेदवारी घोषणा गरेको छ । बिहिबार बुटवलमा पार्टीले आयोजना गरेको आम सभामा पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरिएको हो ।
जस अनुसार बुटवल उपमहानगरपालिकाको मेयर पदमा पार्टीका नेता मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिका भैरहवाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, देवदह नगरपालिकाको मयेरमा माधव रिमाल, तिलोत्तमा नगरपालिकाको मेयरमा भुवन खनाल, रोहिणी गाउँपालिकाको अध्यक्षमा पार्टीका केन्द्रीय सहायक महामन्त्री ताहिर अली र सैनामैना नगरपालिकामा नेकपा एकिकृत समाजबादीबाट पार्टी प्रवेश गरेका मिनप्रसाद घिमिरेलाई उम्मेदवार बनाईएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले बताउनु भयो । उहाँका अनुसार जिल्लाका अरु पालिकामा पनि छिटै उम्मेद्वार टुंगो लगाईने छ ।