विजनेश इन्कुवेशन कार्यक्रमका सहभागिलाई अभिमुखिकरण

178

विजनेश इन्कुवेशन कार्यक्रमका सहभागिलाई अभिमुखिकरण

नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रममा सहभागि हुन चाहने नवउद्यमीहरुलाई अभिमुखिकरण गरिएको छ । उद्यमशिलताको विकासको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल र नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा सञ्चालन गर्न लागिएको विजनेश इन्कुवेशनमा सहभागि हुन आवेदन दिएकाहरुलाई शुक्रबार संघको सभाहलमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा सहभागि हुनको लागि ३२ जना नवउद्यमीले आवेदन दिएका छन् । यो कार्यक्रम सुरु भएपछि ६ महिनासम्म ती उद्यमीहरुलाई प्रशिक्षण सहित उनीहरुका विजनेश कसरी प्रवद्र्धन गर्न सकिन्छ आईडिया शेयर गरिनेछ । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले नौलो सोंच, व्यवसायिक योजना र जाँगर भएका नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश ईन्कुवेश कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले कार्यक्रमबाट धेरै कुरा सिकेर फाईदा लिन आग्रह गर्नुभयो ।
यो कार्यक्रममा आवेदन दिएकाहरुको छनौट अझै भईसकेको छैन । ३२ जना मध्येबाट सम्भावना र आईडिया भएका उद्यमीहरुलाई छनौट गरिने छ ।
संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले मुलुकको औद्योगिक विकासमा योगदान गर्न युवामा उद्यमशिलताको विकासको लागि संघले आफ्नो कार्यकालमा पहिलो पटक नवउद्यमशाला कार्यक्रम गरिएको बताउनु भयो । उहाँले त्यतिवेला सञ्चालन गरिएको कार्यक्रममा सहभागि भएका नवउद्यमी अहिले राम्रो उद्यमीको रुपमा बिकास भएको पनि उल्लेख गर्नुभयो ।
आईडिया, लगानी, सीप र बजारलाई जोड्न पुलको रुपमा यो कार्यक्रम ल्याईएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले बताउनु भयो । यो कार्यक्रम यस अगाडि पनि सञ्चालन भईसकेको छ । यो दोस्रो चरणको कार्यक्रम हो ।
अभिमुखिकरण कार्यक्रममा अन्तरप्रेरणाकी श्रद्धा शाक्यले भिडियो सम्वादका माध्यमबाट कार्यक्रमको बारेमा भनाई राख्नुभएको थियो । त्यस्तै सहभागि नवउद्यमीहरुले आफ्नो आफ्नो उद्योग व्यवसायको बारेमा जानकारी गराएका थिए । प्रशिक्षक (मेन्टर) मुकुन्द ज्ञवालीले उद्योग व्यवसाय सञ्चालनको लागि यो कार्यक्रमले त्यसको ईकोसिस्टमलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा, कार्यक्रमका फोकल प्रसन संघका कार्यक्रम अधिकृत केशव ढकाल लगायतले भनाई राख्नुभएको थियो । यस अगाडि यो कार्यक्रमको लागि प्रशिक्षकलाई प्रशिक्षण गरिसकिएको छ ।