शुभलाभमा शेयर सदस्यलाई सहकारी अभिमुखिकरण

37

शुभलाभमा शेयर सदस्यलाई सहकारी अभिमुखिकरण

शुभलाभ बचत तथा ऋण सहकारी संस्थामा नयाँ शेयर सदस्यलाई सहकारी सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ मा रहेकाे उक्त सहकारीले शनिबार बुटवलमा तालिम कार्यक्रमकाे आयाेजना गरि शेयर सदस्यहरुलाई सहकारी सम्वन्धि अभिमुखिकरण गरिएकाे हाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालले प्रशिक्षण गर्नुभएकाे थियाे ।
संस्थाका अध्यक्ष लालकाजी राजभण्डारीले शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरि ज्ञानमा बृद्धिसंगै सहकारीमा पनि सक्रियता बढाउनकाे लागि अभिमुखिकरण गरिएकाे बताउनु भयाे । संस्थाले प्रत्येक वर्ष नयाँ शेयर सदस्यलाई सहकारी सम्बन्धि अभिमुखिकरण गर्दै आएकाे छ ।
संस्थाका उपाध्यक्ष वसन्त जाेशीकाे सञ्चालनमा भएकाे कार्यक्रममा काेषाध्यक्ष प्रविणमान श्रेष्ठ, सल्लाहकार द्वय सहदेवमान श्रेष्ठ, अमृतलाल श्रेष्ठ, लेखा समिति सदस्य रामनाथ गौतम, शिक्षा उपसमिति सदस्य मन्जु श्रेष्ठ, कर्जा उपसमिति सदस्य दिपक आचार्य लगायतकाे सहभागिता रहेकाे थियाे । त्यस्तै अभिमुखिकरण कार्यक्रममा ४५ जनाकाे सहभागिता रहेकाे थियाे । अध्यक्ष राजभण्डारीका अनुसार हाल संस्थामा ५ सय जना शेयर सदस्य छन् ।