स्थानीय तह निर्वाचन : आज र भोली उम्मेद्वारी दर्ता

1.3K

स्थानीय तह निर्वाचन : आज र भोली उम्मेद्वारी दर्ता

स्थानीय तह निर्वाचनको लागि आज र भोली उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज र भोली (बैशाख ११ र १२ गते)लाई मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोली अपरान्ह ५ बजेसम्म उम्मेद्वार हुन चाहने व्यक्तिले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख र उपप्रमुख पदमा मनोनयन हुनेछ ।
त्यस्तैगरी देशभरका ७५३ पालिकामा ६ हजार ७४३ वडा छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना खुल्ला वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।
त्यस्तै उम्मेदवार हुनको लागि नेपाली नागरिक हुनुपर्नेछ, त्यस्तै २१ वर्ष पुरा भएको र आफ्नो क्षेत्रमा मतदाता नामावलीमा नाम भएको हुनुपर्नेछ ।