बुटवलको मेयरमा कसले मार्ला बाजी ?

1.3K

बुटवलको मेयरमा कसले मार्ला बाजी ?

बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डेय दोस्रो पटकको प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गरेका पाण्डेले झिनो मतले हार व्यहोर्नुपर्यो । त्यतिवेला एमालेका शिवराज सुवेदीले २ हजार ३९८ मतान्तरले तिज हात पार्नु भएको थियो ।
त्यतीबेला सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा पाण्डेयले २० हजार ८५१ मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा पनि काँग्रेस माओवादीको तालमेल थियो । माओवादीको तर्फबाट जगत पोखरेल उपमेयरको उम्मेद्वार हुनु भएको थियो । वडा अध्यक्षहरुको मतलाई आधार मान्ने हो भने माओवादीको मत सरदर ३ हजार ५ सय हो । अहिले एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादी पनि काँग्रेससंग छ । माओवादी केन्द्रपनि संगै छ ।
त्यसो त एमाले पनि एक्लै छैन । १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा एमालेले ११ वटा वडा सदस्य दिएर राष्ट्रिय जनमुक्तिसंग तालमेल गरेको छ । यसबाट केही भोट थप्न सकिने एमालेको आशा छ ।
गएको पाँच वर्ष बुटवलमा एमालेले शासन गरेको हो । यो ५ वर्ष उसले गरेका कामलाई मतदाताले राम्रोसंग हेरेका छन् । बुटवलको विकासमा राम्रोसंग ध्यान नदिएको, यहाँ भएका राम्रा कार्यालयहरु बाहिर गएको, सुकुम्बासीका समस्या जस्ताको त्यस्तै रहेको लगायतका कारणले यो पटक आफूहरुले मत पाउनेमा मतदातासंग काँग्रेस ढुक्क छ ।
त्यस्तै एमाले उम्मेदवार भट्टराई पनि आफू व्यवसायिक पृष्ठभूमिको भएको र विभिन्न संघसंस्थामा नेतृत्व गरेका कारण एमालेको परम्परागत भोटसंगै सामाजिक संघसंस्था र व्यवसायीको भोट आफूले पाउनेमा ढुक्क हुनुहुन्छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीय सदस्य समेत रहेका सुवेदीलाई टिकट दिएन । तर काँग्रेसले पाण्डेयलाई नै अगाडि सारेको छ । पाण्डेयसंगको प्रतिस्पर्धामा अहिले एमालेले व्यवसायी पृष्ठभूमिका बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको छ । यो जितहारले काँग्रेस उम्मेदवार पाण्डेयको राजनीतिक जीवनको बाटो निर्धारण गर्नेछ भने नेपाली काँग्रेसको पनि यसमा भविश्य जोडिएको छ । काँग्रेसले जीतेमा पाण्डेयको प्रतिष्ठा मात्रै होईन काँग्रेसले २२ वर्ष अगाडि गुमाएको साख पनि फर्किने छ ।
त्यस्तै एमाले उम्मेदवार भट्टराईलाई जीत्नु त छ नै एमालेले भन्दै आएको गढ जोगाउनुपर्ने चुनौती पनि छ । २०६४ सालको संविधान सभा निर्वाचन यता एमालेले बुटवलमा हार व्यहोर्नु परेको छैन । अहिले हारेमा व्यक्तिगत रुपमा बाबुरामलाई क्षेती त हुने नै छ, संगसंगै त्यो भन्दा ठूलो क्षेती एमालेले व्यहोर्नुपर्नेछ । बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । यी सबै कारणले बाबुरामको भन्दा पनि यो निर्वाचनसंग उपाध्यक्ष पौडेल र एमालेको प्रतिष्ठा जोडिएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा उपाध्यक्ष पौडेललाई आफू अनुकुलको उम्मेदवार बनाउने चाहना थियो । बुटवलको मेयरका लागि पौडेलको रोजाईको पात्र गोपाल राना हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि पौडेलले रानालाई नै अगाडि बढाउनु भएको थियो । यद्यपी त्यतिबेला पनि टिकट सुवेदीले हात पार्नुभयो । अहिले पनि पौडेलले रानालाई अगाडि सारेपनि पार्टीका महासचिव शंकर पोखरेल निकट मानिएका भट्टराईले टिकट हात पार्नुभएको छ । यसले उपाध्यक्ष पौडेल खुसी हुनुहुन्न ।
२०७४ को प्रतिनीधि सभा निर्वाचनमा प्रदेशको राजधानी बुटवलमा राख्ने उपाध्यक्ष पौडेलको प्रतिवद्धता थियो । प्रदेश राजधानीको विषयमा पनि पार्टीमा महासचिव पौडेल हावि हुनुभयो । पार्टीमा प्रदेशको राजधानी दाङ राख्ने निर्णय भयो । त्यसको नेतृत्व गरेका तत्कालिन मुख्यमन्त्री पोखरेलका सारथीको रुपमा रहेका भट्टराईलाई पार्टीले बुटवलको टिकट दिँदा उपाध्यक्ष पौडेल निकटहरु पनि खुसी छैनन् । त्यसो त स्वयम् उपाध्यक्ष पौडेललाई पनि अर्थमन्त्री पदसंग प्रदेशको राजधानी साटेको आरोप छ ।
काँग्रेस उम्मेदवार पाण्डेयलाई जनस्तरमा भिजेका नेताका रुपमा चिनिन्छ । पार्टीमा अरु नेतामा भन्दा व्यक्तिगत भोट तान्ने क्षेमता पाण्डेयमा छ । शालिन र सरल नेताको रुपमा छवि बनाएका पाण्डेय तार्किक क्षमतामा पनि उत्तिकै प्रवल हुनुहुन्छ । संघीयता लागु भएपछि काँग्रेस नेतृत्वको सरकारले प्रदेशको अस्थायी मुकाम बुटवलमा तोकेको थियो । यसले पनि प्रदेशको राजधानी बुटवल बनाएको काँग्रेसलाई जस छ । बुटवलबाट दाङ सारेको अपजस एमालेलाई छ ।
त्यस्तै एमाले उम्मेदवार भट्टराई पनि शालिन र भद्र स्वभावको हुनुहुन्छ । बाबुरामलाई उम्मेदवार बनाएकै कारण एमालेको संगठित भोट दायाँ बायाँ हुँदैन भन्ने पार्टीको ठम्याई छ ।