नेकपा एकीकृत समाजवादीका तर्फबाट बुटवल उपमहानगरपालिकाका वडा सदस्यका उम्मेदवारले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ४ मा सदस्य पदमा उम्मेद्वारी दिएका डा. बालकृष्ण चापागाईँले पार्टीको केन्द्रीय निर्देशनअनुसार गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाउनु भएकाे हाे। गठबन्धनतर्फ प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार रहेका चिनबहादुर गुरुङलाई जिताउन आह्वान गर्दै चापागाईले उम्मेदवारी फिर्ता लिनुभएकाे हाे ।