राधाकृष्ण मन्दिरमा निःशुल्क योग शिविर हुने

76

राधाकृष्ण मन्दिरमा निःशुल्क योग शिविर हुने

बुटवलको राधाकृष्ण अमर कीर्तन मन्दिरमा नियमित निःशुल्क योग शिविर हुने भएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल र मन्दिर व्यवस्थापन समितिको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण अमर कीर्तन मन्दिर परिषरमा निःशुल्क योग शिविर सञ्चालन गर्न लागिएको हो ।
विश्व शान्ति, दीव्य संस्कार तथा बौद्धिक क्षमताको विकासको लागि योग शिविर सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यहि बैशाख १९ गते साँझदेखि सुरु हुने शिविरमा विश्व शान्ति, दीव्यता, अध्यात्म र सुख विज्ञान विस्तारको लक्ष्य लिईएको छ ।
शिविरको सोमबार साँझ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका परिकल्पनाकार राजन शर्माले उद्घाटन सहित प्रवचन गर्नुहुनेछ । उहाँकै नेतृत्वमा विश्वभर शान्ति दीव्यता, अध्यात्म र सुख विज्ञानको सन्देश सहित योग प्रशिक्षण भईरहेको छ । अष्ट्रेलियामा रहेका शर्मा नेपाल आएको सन्दर्भमा देशका विभिन्न स्थानमा अहिले योग प्रशिक्षण भईरहेको समाजका अर्जुन ज्ञवालीले बताउनु भयो ।
दीव्य संस्कार तथा बौद्धिक क्षमताको बिकासको लागि योग भन्ने मुल नाराका साथ आयोजना गरिएको शिबिर मंगलबारदेखि बिहानमा सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव अमुल्यमान थैवले बताउनु भयो । उहाँका अनुसार शिबिरमा योगासन, ध्यान, मुद्रा, प्राणायाम, आहार विहान, चर्या र प्रयोगात्मक ज्ञापन प्रदान गरिने छ ।
निरन्तर सञ्चालन हुने शिविरमा सहभागि हुन र त्यसबाट लाभ लिनको लागि मन्दिर व्यवस्थापन समितिले सबैलाई आह्वान गरेको छ ।