ज्याेतिनगर पहिराे पिडित भन्छन् – नगरपालिकाले हाम्राे समस्या देखेन

180

ज्याेतिनगर पहिराे पिडित भन्छन् – नगरपालिकाले हाम्राे समस्या देखेन

बुटवलको ज्योतिनगर क्षेत्रका पहिरोपीडित जनताले बुटवल उपमहानगरपालिकाले आफुहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन ।
पाचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताए ।
स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न आग्रह गर्नुभयाे ।
उहाँले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताउनुभयाे ।
स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै एमालेलाई यसपटक हराउनुपर्ने बताउनु भयाे ।
स्थानीय मञ्जु भण्डारीले धेरै वर्षदेखि अरु पार्टीलाई भोट दिएपनि यसपटक भने कांग्रेसलाई भोट दिने बताउनु भयाे । उहाँले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेकाले यसपटक कांग्रेसलाई भोट दिने बताउनु भयाे ।
उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको बताउनु भयाे ।
पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने बताउनु भयाे ।
उहाँले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गर्नुभयाे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उहाँले आमजनतालाई आग्रह गर्नुभएकाे थियाे । त्यसै अवसरमा सो क्षेत्रका एमालेमा असन्तुष्ट व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।