उजेलापुरबासी एमाले छाडेर काँग्रेसमा प्रवेश

268

उजेलापुरबासी एमाले छाडेर काँग्रेसमा प्रवेश

बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुरमा चुनावको मुखमा सय जनाले एकसाथ एमाले पार्टी परित्याग छन् । एमालेले भोटको राजनीति मात्रै गरेको आफूहरुको समस्यामा कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले एमाले छाडेका हुन् ।
बुटवलको बिकास गर्ने, लालपुर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि चुनाव जितेर भ्रष्टाचार बाहेक अरु केही नगरेको उनीहरुको आरोप छ ।
उजेलापुरका सय जनाले एकसाथ एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । आफूहरुलाई काँग्रेसले केही आशा र भरोसा देखाएको भन्दै काँग्रेसलाई मत दिने निर्णय गरिएको स्थानीय महेन्द्र चौधरीले बताउनु भयो । एमाले चुनाव जितेर गएपछि फर्केर नआएको र चुनाव हारेर पनि काँग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेय पटक पटक आफूहरुको दुःख सुखमा साथ दिएकोले काँग्रेसलाई भोट दिने निर्णय गरिएको उहाँले बताउनु भयो । त्यस्तै एमालेले महिलालाई हेप्ने व्यबहार सहन नसकेर काँग्रेसमा प्रवेश गरिएको बताउनु भयो ।
उनीहरुलाई नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति समेत रहेका सत्ता गठबन्धनको तर्फबाट बुटवलको मेयर उम्मेदवार खेलराज पाण्डेले पार्टी प्रवेश गराउनु भएको हो । त्यस अवसरमा बोल्दै उहाँले उजेलापूरमा शुद्ध खानेपानी र शौचालयको समस्या तत्कालै समाधान गर्ने र बाँकी समस्याहरु क्रमशः समाधान गर्दै अगाडि बढ्ने बताउनु भयो ।
उहाँले तिनाउ दानव कोरिडोरबाट विस्थापित हुने १ हजार ५ सय घरधुरीलाई कोरिडोर बनाउनु अघि नै सुरक्षित स्थानमा जग्गाको व्यवस्था गर्ने र त्यसपछि मात्रै कोरिडोरको काम सुरु गर्नेगरी व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।