प्रहरी प्रशासनलाई गृहमन्त्री खाँणको निर्देशन : निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त होस

102

प्रहरी प्रशासनलाई गृहमन्त्री खाँणको निर्देशन : निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त होस

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रशासनलाई निर्देशन गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मंगलबार भएको सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसकालागि सबै तयार रहन निर्देशन गर्नुभयो ।
चारवटै सुरक्षानिकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल तथा मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै गृहमन्त्री खाँणले भन्नुुभयोे–‘समन्वय, सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ, तपाइँहरुमा यो हुन जरुरी हुन्छ ।’
गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पनि सम्मानजनक व्यबहार गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्थायी रुपमा खटिएका भएपनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले काम लगाउँदा सिष्ट र भद्र व्यवहार गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको हो ।