विविधता भित्रको एकता पाँच दलीय गठबन्धनमा छ : महामन्त्री विश्वप्रकाश शर्मा

108

विविधता भित्रको एकता पाँच दलीय गठबन्धनमा छ : महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न दुबै दलका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस कमजोर भएर गठबन्धन गरेको नभई संबिधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।
रुपन्देहीको तिलोत्तमामा कांग्रेस र माओबादी गठबन्धनको आयोजनामा भएको चुनावी आमसभामा बोल्दै काँग्रेस महामन्त्री शर्माले भन्नुभयो–‘नेपाली काँग्रेसको प्रचारमा हिडेका कार्यकर्तालाई माओबादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस् ।’
उहाँले बिबिधतामा एकता रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धन पनि विविधता भित्रको एकता भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
एमाले अध्यक्ष केपि ओलीले काँग्रेसको घोषणा पत्रमाथि तुच्छु टिप्पणी गरेको भन्दै काँग्रेस एमालेको घोषणा पत्रलाई एकठाउँमा राखेर हेर्ने हो भने एमालेको भ्यूटावर मात्रै देखिने र काँग्रेसको घोषणा पत्रमा नेपाली जनताको अनुहार देखिने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘युवा पुस्ताले भ्यू टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो । सबैले पढ्नुस र विवेक पु¥याउनुहोस् ।’
उहाँले तिलोत्तमामा गठबन्धनका उम्मेद्वारहरुले जारी गरेको प्रतिबद्धता पत्रको प्रशंसा गर्दै तिलोत्तमाको विकास र समृद्धिको लागि सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संविधान बचाउनको लागि गरिएको गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले एक्लै चुनाव लड्ने दम्भ देखाएका ओलीले राजावादीदलसंग चुनावी तालमेल गरेर आफ्नो राजनीतिक गोरेटो देखाएको टिप्पणी गर्नुभयो ।
त्यस्तै काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अझैपनि नेपाली समाजमा महिलाहरुलाई माथि उठ्न नदिईएको बताउँदै यसको अन्त्यको लागि नेपाली कांग्रेसलाई तीनवटै तहमा बिजयी बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै काँग्रेस नेता डा. चन्द्र भण्डारीले कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन, भेण्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै त्यस्तो दललाई भोट दिन नहुने बताउनु भयो । उहाँले आफ्नै दलका नेताहरुलाई आफ्नो साथमा राख्न नसक्नेले जनतालाई साथ दिन्छन् भन्ने सोच्न पनि नसकिने बताउँदै यस पटक काग्रेस सहितको गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य काँग्रेस नेतृ रमा अर्यालले विकास र समृद्धिको लागि काँग्रेस बाहेकको विकल्प नरहेको बताउँदै काँग्रेस नेतृत्वका गठबन्धनका उम्मेदवारलाई जीताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार एव पार्टीका रुपन्देही सभापति रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले तिलोत्तमामा एकिकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, ब्यवसाय कर कटौती, ३० युनिट सम्म विद्युत निशुल्क ब्यवस्था, फोहोरमा लिइदै आएको कर मिनाह, भित्री सडक कालोपत्रे गर्दा जनताको पैसा नलाग्ने, महिलालाई स्वरोजगार एव आत्मनिर्भर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार हेमराज पाण्डेले तिलोत्तमामा चरम भ्रष्टाचार र वेथिती बढेको भन्दै त्यसलाई रोक्नको लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।