गृहमन्त्री खाँणद्वारा बुटवलको स्वामिनारायण मुक्तिनाथ धाममा पुजा आराधना

57

गृहमन्त्री खाँणद्वारा बुटवलको स्वामिनारायण मुक्तिनाथ धाममा पुजा आराधना

गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धाममा पुजा आराधना गर्नुभएको छ । गृहमन्त्री खाँणले मंगलबार बिहानै धाममा पुगेर शिवजीको पुजा आरधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा लगायतका पदाधिकारी तथा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयपनि सहभागि हुनु भएको थियो । मन्दिरमा गृहमन्त्री खाँणसंगै मेयर उम्मेदवार पाण्डेयले पनि पुजा आराधना गर्नुभएको थियो ।