आचारसंहिता विपरित चुनावी फण्डा गर्ने रुपन्देहीका तीन अनलाईन कारवाहीमा

1.2K

आचारसंहिता विपरित चुनावी फण्डा गर्ने रुपन्देहीका तीन अनलाईन कारवाहीमा

निर्वाचनको समयमा सञ्चालन हुने मौसमी अनलाइन र पार्टी विशेषका उम्मेदवारका समाचार मात्र पक्षपोषण गर्ने अनलाइनहरुको बिगबिगी रहेको समयमा यस्तै फण्डाका मात्र समाचार सम्पे्रषण गर्ने रुपन्देहीका केही सञ्चारमाध्यमहरु कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला आचारसंहिता बिपरित बिभिन्न झुठा समाचार सम्प्रेषण गर्ने मिडिया हाउस र संचालकहरुलाई कारबाही गरेको हो ।
बुटवल तथा रुपन्देही क्षेत्रबाट सञ्चालित मुख्यत ः तीनवटा अनलाइन सञ्चार माध्यम जसले विना तथ्य, विना प्रमाण र आर्थिक प्रलोभनमा परेर आफु विरोधी तथा आफ्नो समर्थनका उम्मेदवारका पक्ष विपक्षमा अनर्गल र भ्रामक साचार प्रकाशन तथा प्रशारण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै प्रेस काउन्सिलले कार्वाही ताथा सचेत गराएको छ । प्रेस काउन्सिलले जारी गरेको सूचनामा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष तथा हालका सल्लाहाकार समेत रहेका सञ्चालक रहेका अनलाइन पत्रिकालाई कारबाहीको दायरामा राखेको छ ।
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र धांधली रहित निर्वाचन गर्ने आचारसंहिता जारी गरेको र नेपाली कांग्रेस नेतृत्वको सरकारले पनि सो अनुसारको वातावरण निर्माण तयार गरिरहेका बेला बिभिन्न सञ्चार माध्यम र अनलाईन पत्र पत्रिकाले निर्वाचन आयोग र सरकारको समेत धज्जी उडाउंदै पत्रकार तथा निर्वाचन आचारसंहिता विरुद्ध समाचार सम्प्रेषण गरेकाले प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित का समाचार तथा गलत गतिविधिका समाचार सम्प्रेषण गरेका सञ्चार माध्यम र अनलाइन पत्रिकाहरुहरुलाई कार्वाही गरेको हो ।
रुपन्देही कार्यक्षेत्र भएको र निर्वाचनका बेला आधार विहनि र प्रमाण विहिन समाचार सम्प्रेषण गर्दै आएको बिना दर्ताको “अरु के छ“ नामक अनलाइनलाई कारवाही गरेको छ । अरु के छ अनलाइनलाई निर्वाचन आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने, नियमानुसार दर्ता ÷ सूचीकरण नभएकोले प्रेस काउन्सिलले नेपाल भित्र सम्प्रेषण हुन नसक्ने गरि कारबाही गरेको छ । यो अनलाइनलाई प्रयोग गरेर नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका एमाले समर्थित डि आर घिमिरेले एमाले विरुद्धका उम्मेदवारका विरुद्ध भ्रामक समाचार सम्प्रेषण गदै आएका छन् ।
नेपाल प्रेस चौतारी रुपन्देहीका कार्यसमिति सदस्य पोषकान्त पोखरेलको नाममा दर्ता भएको अनलाइननमा सम्पादकीय विवरण नै छैन ।
यो अनलाइनले बुटवलको लागि गठबन्धन तर्फका मेयरका उम्मेदवार खेलराज पाण्डेको चरित्रहत्या गर्ने गरी भ्रामक र मिथ्या सामग्री प्रकाशन गर्दै आएको छ । प्रकाशित गरिएको समाचारमा तथ्यभन्दा बाहिर रहेर झुठा आरोप–प्रत्यारोप गरेको छ ।
प्रेस चौतारी रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा मिडिया क्लवका निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले समेत दर्ता विनाको यही अनलाइलाई प्रयोग गरेर बुटवलमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेमाथि प्रश्न उठाएका थिए ।
यो अनलाइनले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे (जसका विरुद्ध निर्वाचन आयेगमा समेत उजुरी परेको छ) आचारसंहिता विपरित पार्टीको कार्यक्रममा हिडेको विषयमा बिभिन्न सञ्चारमाध्यममा आएको समाचारको समेत खण्डन गरेको थियो । रुपन्देहीको तिलोत्तमा ठेगाना राखिएको यो अनलाइन सूचना विभागमा भने दर्ता भएको छैन । तथ्य र प्रमाण विनाका समाचार प्रकाशित गर्ने अरु के छ नामक अनलाइन सदाका लागि बन्द गर्ने तयारी भएको प्रेस काउन्सिलले जनाएको छ ।
यो अनलाइनलाई कारवाही गर्दै बैशाख २२ गतेदेखि नै बन्द गर्ने निर्णय भएको जनाउंदै सबै ईन्टरनेट सेवा प्रदायकलाई पनि पत्राचार गरिएको प्रेस काउन्सिलले जनाएको छ ।
यता नेपाल पत्रकार महासंघ रुपन्देहीका निबर्तमान उपाध्यक्ष तथा हालका सल्लाहाकार दिनेश पाण्डेले संचालन गरेको अनलाइन समयचक्र डटकमलाई पनि प्रेस काउन्सिलले कारबाही गरेको छ ।
निर्वाचन आयोगको आचारसंहिता विपरित अनर्गल र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले समयचक्र डटकम लाई कारबाही गरेको हो । काउन्सिलले समयचक्रलाई आचारसंहिता पालनामा सजग रहन समेत निर्देशन दिएको छ । यस्तै अफवाह फैलाउने, जनतामा भ्रम सिर्जना गर्ने विना आधार, प्रमाण र तथ्य विनाका समाचार प्रकाशित गरेमा र यस्तै उजुरी आएमा अनलाइन नै बन्द गरिने समेत प्रेस काउन्सिलले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ठेगाना रहेको समयचक्र अनलाइन दिनेश पाण्डेले चलाए पनि प्रधानसम्पादक भने पाण्डेकै आफ्नै छोरी(विबाहित) आस्था पाण्डेको नाम छ भने कार्यकारी सम्पादकमा दिनेश पाण्डेको नाम छ ।
अनलाइनले निर्वाचनको समयमा अनर्गल प्रचार गर्नुका साथै गठबन्धनका उम्मेदवारहरूको चरित्रहत्या लगायतका कुराहरु प्रकाशन गरिरहेको छ । मिडिया प्लस प्रा. ली. द्वारा सञ्चालित अनलाइनले प्रकाशन गरेका हरेक समाचार गृहमन्त्री बालकृष्ण खाणसँग जोडेर अनर्गल प्रचार गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा एमाले कार्यकर्ता डोलाराम घिमिरे (डि आर) प्रधान सम्पादक एवं प्रवन्ध सञ्चालक रहेको अनलाइन ई खबर नेपाल डटकमलाई पनि प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । प्रेस काउन्सिलले आचारसंहिता बिपरितका समाचार प्रकाशित गरेको भन्दै घिमिरे सहित उनको अनलाइनलाई सचेत गराएको छ । काउन्सिलले निर्वाचनको समयमा वा अन्य समयमा कुनै पनि उम्मेदवार वा अन्य ब्यक्तिको चरित्र हत्या हुने सामाग्री प्रकाशन वा प्रशारण गरेमा अनलाईन नै बन्द गर्ने चेतावनी दिएको छ ।
स्वाधिन मिडिया प्रा. लि.द्वारा सञ्चालित ई खबर नेपाल अनलाइनको सम्पादक भने नारायणप्रसाद गौतम रहेका छन् । अनलाइनको ठेगाना बुटवल, वडा नं ११ पुष्पलाल पार्क राखिएको छ । यो अनलाइनले नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुका विरुद्ध आचारसंहिता विपरित तथ्य र प्रमाण विहिनका समाचार सम्पे्रषण गरेर चुनावी प्रचारमा रहेका गठवन्धनका उम्मेदवारहरुको चरित्र हत्या गर्ने काम गर्दै आएको छ ।