कपिलबस्तुकाे शिवराजमा त्रिपक्षीय भिडन्त

131

कपिलबस्तुकाे शिवराजमा त्रिपक्षीय भिडन्त

कपिलवस्तुको शिवराज नगरपालिकामा अन्तत त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नगरको नेतृत्वको लागी शिवराज नगरपालिकामा नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एसको गठवन्धन , जनता समाजवादी पार्टि, लोकतान्त्रीक समाजवादी पार्टि , र राप्रपा चुनावी प्रतिस्पर्धामा रहेका छन ।
नगरपालिकामा मतदाताको भनाई ,दलहरुको प्रचार प्रसारको शैली , जानकारहरुको विश्लेष्ण लगाएतको हिशावले अन्तत शिवराज नगरपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टि नेपाल, र लोकतान्त्रीक समाजवादी पार्टि विच नै प्रतिस्पर्धा हुने देखिएको छ । तीन राजनैतिक दल विच कडा प्रतिस्पर्धा हुने देखिएको नगरमा कसको पक्षमा नतिजा आउने आंकलन गर्न भने कठिन देखिएको छ । नेपाली कांग्रेसवाट हुमकान्त खनाल नेतृत्वको टिम, जनता समाजवादी पार्टिवाट कृष्णकुमार चौधरीको टिम र लोकतान्त्रीक समाजवादी पार्टिवाट रवीदत मिश्राको टिमको ग्राफ ह्वातै वढेको देखिन्छ ।
वैशाख ११ र १२ मा उम्मेदावरी दर्ता गरेर चुनावी प्रचार प्रसारमा लागेका दलहरु आफनो पक्षको जित निश्चीत रहेको दावी गर्दै आएका छन । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको नगरपालिका भएकाले नेकपा एमाले प्रमुख दावेदार हुने धेरैको आंकलन थियो । तर पछिल्लो चुनावी अभियान र मतदाताको प्रतिक्रीयावाट एमालेको पक्षमा सुखद नतिजा आउन सहज देखिएको छैन ।
जसपा , कांग्रेस र लोसपा विच कडा प्रतिस्पर्धा देखिएको शिवराजमा कसको पक्षमा नतिजा आउने यसै भन्न सक्ने स्थीती छैन । २०७४ को स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा रहेको जसपा र एक भएर निर्वाचनमा होमिएको कांग्रेस र प्रदेश सभा सदस्यमा दोस्रो स्थानमा रहेका रवीदत मिश्रा मध्येवाट शिवराज नगरपालिकाकोे नेतृत्व हुनसक्ने आंकलन धेरैको रहेको छ ।