बुटवल उपमहानगरपालिका १ को वडा अध्यक्षमा काँग्रेसका वाघि उम्मेदवार बस्नेत विजयी

277

बुटवल उपमहानगरपालिका १ को वडा अध्यक्षमा काँग्रेसका वाघि उम्मेदवार बस्नेत विजयी

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट बाघि उठेका नरेन्द्र बस्नेत विजयी भएका छन् । बाँकी ४ सदस्य पदमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । मेयर पदमा फराकिलो मतान्तर सहित नेपाली काँग्रेस र उपमेयरमा राप्रपाका उम्मेदवार अगाडि छन् ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेका महेन्द्र लिगतसंग पराजित भएका बस्नेतलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । बुटवल १ को वडा अध्यक्षमा पार्टीले माधव प्रधानलाई टिकट दिएको थियो । लगत्तै बस्नेतलाई पार्टीले कारवाही गरेको थियो ।
वडा अध्यक्षमा निर्वाचित बस्नेतले ६३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र पाच दलीय गठबन्धनका उम्मेदवार माधव प्रदानले ३४८ मत प्राप्त गरेका छन् ।
मेयर पदमा नेपाली काँग्रेस ८४३, राप्रपा ४१४ र एमालेले ३४० मत प्राप्त गरेको छ । त्यस्तै उपमेयर पदमा राप्रपा अगाडि छ भने गठबन्धन तेस्रोमा छ ।