बुटवलमा खेलराजको फराकीलो अग्रता

1.3K

बुटवलमा खेलराजको फराकीलो अग्रता

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो अग्रता कायम गरेका छन् । सुरुवाट नै अग्रता लिएका पाण्डेले मतान्तर पनि बढाउँदै गएका छन् । अहिलेको मतान्तर ११ सय भन्दा बढी पुगेको छ ।
बुटवलमा ६ हजार १४९ मत गणना हुँदा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका खेलराज पाण्डेले २ हजार ८१३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी एमाले उम्मेदवार बाबुराम भट्टराईको १ हजार ६३१ मत छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्र शेरचनलले ८३२ मत प्राप्त गरेका छन् । उपमेयर पदमा एमालेकी सावित्रा अर्याल अगाडि छन् ।