रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४ मतले काँग्रेस अगाडि छ । काँग्रेस माओवादी गठबन्धनका उम्मेद्वार काँग्रेस रुपन्देहीका सभापति समेत रहेका रामकृष्ण खाँण ४ मतले अगाडि छन् । वडा नं. १ र १७ मा कुल ३ हजार ५७७ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १ हजार ३३१ र एमाले एमाले उम्मेदवार मोहन चापागाईँले १ हजार ३२७ मत प्राप्त गर्नुभएको छ ।