तिलोत्तमामा कडा प्रतिस्पर्धा

1.3K

तिलोत्तमामा कडा प्रतिस्पर्धा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धन र एमाले उम्मेदवार विच कडा प्रतिस्पर्धा देखिएको छ । सुरुवाती अग्रता लिएका काँग्रेस उम्मेदार रामकृष्ण खाँणका बिरुद्ध अहिले एमाले उम्मेदवार मोहन चापागाइँले अग्रता लिएका छन् । एमाले उम्मेदवार चापागाइँले ९७ मत सहित अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार १ हजार ६५६ मतका साथ एमाले उम्मेदवार चापागाइँ अगाडि छन् भने काँग्रेस उम्मेदवार खाँणले १ हजार ५५९ मत सहित पछ्याएका छन् । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको १ हजार ५२३ मत सहित अग्रता छ । त्यस्तै गठबन्धनका उपमेयर उम्मेदवार हेमलाल पाण्डेले ६१५ मत प्राप्त गरेका छन् ।