भारतीय प्रधामन्त्री मोदी लुम्बिनीमा : प्रधामन्त्री देउवाले गरे स्वागत

65

भारतीय प्रधामन्त्री मोदी लुम्बिनीमा : प्रधामन्त्री देउवाले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आईपुगेका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा स्वागत गरे । लुम्बिनी ओर्लिएलगत्तै मोदीले बुद्धजन्मस्थल आउन पाएकोमा खुसी व्यक्त गरे ।
बुद्ध जयन्तीको विशेष समारोहमा लुम्बिनी आएका मोदी बिहान १० बजे भैरहवामा आएका हुन् । मोदीको लागि भैरहवामा हेलीप्याड निर्माण गरिएको थियो । त्यहाँ ओर्लिएलगत्तै प्रधानमन्त्री देउवाले हेलीप्याडमै पुगेर स्वागत गरेका हुन् । त्यहाबाट उनी सिधै लुम्बिनी स्थित मायाँदेवी मन्दिर पुगेका थिए । मोदीको स्वागतको लागि प्रधानमन्त्री देउवा सहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी आएका छन् ।