लुम्बिनीका काँग्रेस सहमहामन्त्री विष्णु खनाल मुस्कानद्वारा पदबाट राजीनामा

156

लुम्बिनीका काँग्रेस सहमहामन्त्री विष्णु खनाल मुस्कानद्वारा पदबाट राजीनामा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले पदबाट राजीनामा दिएका छन् । आफ्नो गृहजिल्ला अर्घाखाँचीमा आफ्नो पार्टी नेपाली काँग्रेसले अपेक्षाकृत जीत हात नपारेपछि उनले नैतिकताको आधारमा सहमहामन्त्री पदबाट राजीनामा गरेका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा जितेका पालिका पनि गुमाउने स्थितीमा काँग्रेस छ । त्यतिबेला जितेको पाणिनी गाउँपालिका प्यानल नै हारेको छ । जिल्ला सदरमुकार सन्दीखर्क नगरपालिका पनि फराकिलो मतान्तरमा काँग्रेस पछाडी छ ।